SHARE
बिजनेस पाना · मङगलबार २९ बैशाख २०८३ ११:५० AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् । पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना