हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५.३५ प्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिनसर्भ लिमिटेड)ले चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित अन्तरिम वित्तीय विवरणअनुसार कम्पनीले उल्लेखनीय व्यवसायिक विस्तार र प्रभावकारी कर्जा असुलीका कारण नाफा तथा कर्जा लगानी दुवैमा उत्साहजनक वृद्धि हासिल गरेको जनाएको छ ।
