याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँड हुँदै
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बिहान बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बुधबार बिहान ८:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म आम सर्वसाधारणलाई १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
