नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?
पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले नयाँ एसयूभी एस-६लाई सोमबार नेपाली बजारमा आधिकारिक रुपमा लन्च गर्ने भएको छ । एक पटकको चार्जमा ५३० किलोमिटर रेन्ज दिने यो एसयूभी कम्पनीको ईभी लाइनअप मध्येकै ठूलो मोडल हो । यो एसयूभीमा १८० किलोवाट आवर क्षमताको रियर ह्वील इलेक्ट्रीक मोटर जडित छ ।
