SHARE
बिजनेस पाना · शुक्रबार​ १८ बैशाख २०८३ १०:५० AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरबीच भेटवार्ता

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शुक्रवार दिउँसो साढे तीन बजे अर्थ मन्त्रालयमा उनीहरूबीच झण्डै २० मिनेट भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना