सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन
सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन गरिएको छ । ७०–मिटर लम्बाइ भएको मोड्युलर पुलको आज नेपालथोकमा उद्घाटन गरिएको हो। नेपाल स्थित भारतीय दुतावासका काउन्सलर गीतांजलि ब्रैंडन र नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा पुल उद्घाटन गरेका हुन्।
