‘नेप्से बुल्स’ र ‘द गभर्नर’ व्हिस्की उत्पादक सागर डिष्टिलरीले पायो IPO निष्काशन अनुमति
सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज साउन १२ गते कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको हो । यस संगै अब कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
