५ वटा कन्सल्टेन्सीलाई विभागले तिरायो नगद जरिवाना, ‘एडु हब’लाई सबैभन्दा बढी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ५ वटा कन्सल्टेन्सीलाई जरिवाना गरेको छ । वाणिज्य विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएको भन्दै ५ वटा कन्सल्टेन्सीलाई कारबाही गरेको हो ।
