आर्थिक रुपान्तरणको तयारीमा सरकार, यी ४ क्षेत्रलाई अघि सारिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको आर्थिक रुपान्तरणको लागि विभिन्न ४ वटा क्षेत्रलाई अघि सारेका छन् । उनले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ नाम दिएर श्वेतपत्र सार्वजनिक गर्दै आर्थिक रुपान्तरणको लागि ४ वटा क्षेत्रलाई अघि सारेका हुन् ।
