नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूची (एमआरपी) सहितको स्टिकर टाँस गर्ने सम्बन्धमा छलफल गरेको छ । नाडाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ल्याएको उक्त व्यवस्था कार्यान्वयन गर्न चार पाङ्ग्रे गाडी तथा दुइ पाङ्ग्रे सवारीको हकमा समस्या नभएपनि स्पेयर पार्टसमा समस्या हुने जनाएको छ ।