एमभी दुगड ग्रुप अन्तर्गतको ग्लोबल हाइड्रोपावरले माग्यो आईपीओ निष्काशन अनुमति
ग्लोबल हाइड्रोपावर एशोशियटले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले गत फागुन १५ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले ५८ करोड ३० लाख रुपैयाँ बराबरको ५८ लाख ३० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
