नबिल बैंकका ३ शाखा मर्ज हुँदै
नबिल बैंकले काठमाडौँका विभिन्न ३ वटा शाखा मर्ज गर्ने भएको छ । बैंकले नयाँ बानेश्वर, बिजुली बजार र शंखमुल शाखालाई समायोजन गर्न लागेको हो । यी ३ शाखा समायोजन गरेर बैंकले नयाँ बानेश्वरमा शाखा सञ्चालन गर्न लागेको हो । अब वैशाख २१ बाट नबिलका बिजुलीबजार र शंखमुल शाखा बन्द हुनेछन् ।
