साँखुमा गोली चल्यो
साँखुमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रण लिने क्रममा कारोबारीले गोली चलाएपछि प्रहरीले पनि गोली चलाएको हो । प्रहरीको गोली लागेर कारोबारी घाइते भएका छन् । उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगिएको छ । उनको साथबाट लागूऔषध र पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । यसबारे विस्तृत विवरण भने आउन बाँकी छ ।
