कर्मचारीको उमेरहद ६० वर्ष, अवकाश पछिको २ वर्ष ‘कुलिङ पिरियड’
सरकारले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौदालाई सुझावका लागि सार्वजनिक गरिएको छ । ७ दिनभित्र सुझाव दिन भनिएको छ । अवकाश उमेर ६० वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मस्यौदामा निजामती कर्मचारीहरूको उमेरहद ६० वर्ष प्रस्ताव गरिएको छ । अर्थात् अब कर्मचारीहरुको अवकाश उमेर ६० वर्ष हुनेछ ।
