पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ
निर्माण व्यवसायीसमेत रहेका राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष समेत रहेका उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको हो ।
