युएईमाथि नेपालको जित
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा जम्मा १६३ रनमा अलआउट भयो । युएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए ।
