सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ
राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ परेका छन् । ललितपूरको गतिशील सहकारी ठगी प्रकरणमा पाठक पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले पाठक पक्राउ परेको पुष्टि गरेका छन् । पाठकलाई इमाडोलबाट पक्राउ गरिएको हो ।
