धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो। बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा.गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो ।
