सुनचाँदी व्यवसाय धरापमा, विलासिता कर खारेज गर्न व्यवसायीको माग
सुनचाँदी तथा गहना व्यवसाय संकटमा परेको भन्दै व्यवसायीहरुले सरकारलाई दबाब दिन थालेका छन् । देशब्यापी दबाब दिने उदेश्यले व्यवसायीहरुले अन्तरक्रिया कार्यक्रम र ज्ञापन पत्र बुझाउने कार्यक्रम थालेका छन् । यस अनुसार नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले देशब्यापी रूपमा दबाब सिर्जना गर्न ज्ञापन पत्र बुझाउन थालेको छ । महासंघले अन्तरक्रिया कार्यक्रमसमेत सुरु गरेको छ ।
