अपर तामाकोशीको १६ औं र १७ औं साधारणसभा सम्पन्न
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १६ औं र १७ औं साधारणसभा सम्पन्न भएको छ। कम्पनीले आज चैत्र २९ गते आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को साधारणसभा सम्पन्न गरेको हो। सभाले सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
