कोकाकोला नेपालले सुरु गर्यो फिफा वर्ल्ड कप २०२६ अभियान
कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ। यस अवसरमा राजधानीमा आयोजित कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए। कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक गरिएको छ। साथै, फिफा वर्ल्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री प्रस्तुत गरिएको छ।
