अर्थमन्त्रीको सम्पत्ति: ५ कम्पनीमा शेयर, ४ ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा १.९० करोड
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा उनले आफुसँग ललितपुर र काभ्रेमा अपार्टमेन्ट तथा ललितपुर र तनहुँमा घर रहेको उल्लेख गरेका छन् । त्यस्तै उनीसँग काठमाडौँमा ३ रोपनी, गोरखामा ८ रोपनी, चितवनमा ५ कट्ठा र तनहुँमा ६ रोपनी जग्गा रहेको बताएका छन् ।
