इन्भेष्टमेन्ट कम्पनी इष्टर्न साहाराले माग्यो आईपीओ निष्काशन अनुमति
इन्भेष्टमेन्ट कम्पनीको रुपमा रहेको इष्टर्न साहारा कम्पनी लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चैत्र १६ गते आवेदन दिएको हो। कम्पनीले २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो।
