आयल निगमले बढायो हवाई इन्धनको मूल्य, अब प्लेन भाडा बढ्ने
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागु हुने गरि हवाई इन्धनको मूल्य बढाएको हो। निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर १२४ रुपैयाँ र अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८१९ डलरले बढाएको हो। भारतबाट बढेर आएपछि निगमले मूल्य बढाएको हो ।
