ओली पक्राउ परेपछि आजैदेखि प्रदर्शनको तयारीमा एमाले, सचिवालय बैठक बस्दै
सरकारले पार्टी अध्यक्ष् केपी शर्मा ओलीलाई पक्राउ गरेपछि नेकपा एमालेले प्रदर्शनको तयारी गरेको छ । एमाले सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न भन्दै आजदेखि प्रदर्शनमा सुरु गर्न लागेको जानकारी दिएका हुन् । अहिले बिहान बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी सचिव बस्नेतले बताएका छन्।
