डलरको मूल्य अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ हालसम्मै कै कमजोर
आज शनिवार नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ। आज एक अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा पुग्दै डलर फेरी हालसम्मकै महँगो बिन्दुमा पुगेको छ। यो भनेको १ डलर पाउनको लागि १५२ रुपैयाँ ०१ पैसा नेपाली रकम खर्च गर्नु पर्छ । अर्थात् एक डलर साट्नको लागि अब अहिलेसम्मकै धेरै पैसा तिर्नु पर्छ ।
