उर्जा क्षेत्रको विकासको लागि सरकारले ५ वटा काम गर्ने, सबै पीपीए १८० दिन भित्र सक्ने
सरकारले उर्जा क्षेत्रको विकासको लागि ५ वटा काम गर्ने घोषणा गरेको छ। सरकारले शासकीय सुधारका लागि गर्ने भनेका एक सय वटा कार्य योजना सार्वजनिक गर्दै उर्जा क्षेत्रमा ५ वटा काम गर्ने भनेको हो। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय गरेको थियो ।
