कुमारी बैंकद्वारा मास्टरकार्डद्वारा सञ्चालित पहिलो डेबिट कार्ड सार्वजनिक
कुमारी बैंकले मास्टरकार्डद्वारा सञ्चालित आफ्नो पहिलो डेबिट कार्ड सार्वजनिक गरेको छ । जसले बैंकको डिजिटल तथा कार्डमा आधारित सेवाहरू सुदृढ गर्ने प्रयासमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्ने बैंकले जनाएको छ । यो सुरुवातले सुरक्षित, सहज र विश्वव्यापी रूपमा स्वीकार्य भुक्तानी समाधान प्रदान गर्ने बैंकको रणनीतिक लक्ष्यलाई झल्काने समेत बैंकले जनाएको छ ।
