कालिन्चोक हाइड्रोले चैत्र २२ गतेदेखि सर्वसधारणलाई आईपीओ निष्काशन गर्ने
कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत्र २२ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई ६ लाख ८४ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा चैत्र २५ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।
