संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन : विद्या भण्डारी (पूर्णपाठ)
काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गरेरै आफूले पार्टी राजनीतिमा सक्रिय हुने संकल्प गरेको बताएकी छिन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले आफूले विधिपूर्वक एमालेको सदस्यता नवीकरण गरेको बताएकी हुन्। उनले भनिन्, ‘पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ। मैले सार्वजनिक नगरेकै समयमा सदस्यता नवीकरणका बारेमा सञ्चारमाध्यमले बाहिर ल्यायो। चुपचाप उपयुक्त हुँदैनथ्यो।
