पूर्व महानिर्देशकहरु मुद्दाको जन्जालमा परिरहेका बेला कतै खोट नदेखिएका ‘क्षेत्री सर’
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का धेरैजसो पूर्व महानिर्देशकहरुविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । त्रिरत्न मानन्धर, रतिश चन्द्रलाल सुमन, संजिव गौतम र राजन पोखरेलविरुद्द अहिले अख्तियारले मुद्दा हालेको छ । महानिर्देशकमा बहाल रहेकै बेला प्रदीप अधिकारीविरुद्द मुद्दा दर्ता भयो, उनी कारगार चलान नै भइसके ।
