उद्योगमन्त्री भण्डारी र आइओइका महासचिव सान्तोसबीच भेटवार्ता
काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा रोजगारदाताको अन्तरराष्ट्रिय सङ्गठन (आइओइ) का महासचिव रोबर्टो स्वारेज सान्तोसबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बावजूद नेपालको अर्थतन्त्र पुनरुत्थानको क्रममा रहेको उनले बताए ।
