सुकेको खेत हेर्दै प्रधानमन्त्रीले सुनाए सिँचाइ र खानेपानी योजनाका ‘लिष्ट’
काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसले अहिले सुक्खाको समस्या भोगिरहे पनि बारा जिल्लामा धान रोपेको खेत देख्दा आफूलाई खुसी लागेको बताएका छन् । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
