यातायात व्यवसायी महासंघले भन्यो, ‘तत्काल गाडी भाडा बढाउ’
यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीको भाडादर समायोजना (वृद्धि) गर्न माग गरेको छ । नेपाल आयल नियमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको भन्दै महासंघले वैज्ञानिक विधिबाट भाडा समायोजन गर्ने प्रावधान अनुसार भाडादर समायोजन गर्न माग गरेको हो ।
