SHARE
बिजनेस पाना · सोमबार २ चैत २०८२ १०:१३ AM · 1 मिनेट पढाइ

विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस

नेपाल विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस भएका छन् । प्राधिकरणको पदपूर्ति समितिले आइतबार उनीहरुलाई कार्यक्षमता मुल्यांकनको आधारमा  उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेमा प्राविधिकतर्फबाट अनिल मान श्रेष्ठ, किरण कुमार श्रेष्ठ र नवराज ओझा रहेका छन् । त्यस्तै प्रशासनतर्फबाट बेल प्रसाद शर्मा बढुवा सिफारिस भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना