७८ वर्षीय केसीले गराउनेछन् नव निर्वाचित सांसदहरुलाई सपथ
यस पटक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी हुने भएका छन् । उनैले अब नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सपथ गराउने भएका छन् । त्यस अघि राष्ट्रपतिले उनलाई पद तथा गोपनीयताको शपथ दिलाउने छन् । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान छ ।
