७ महिनामा वाणिज्य बैंकले कमाए ३८ अर्ब बढी नाफा, कुमारी र सिद्धार्थको सर्वाधिक बढ्यो (सूची)
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ३८ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८२ साउन देखि २०८२ माघसम्मको अवधिमा कुल ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
