२ वटा राजमार्ग विस्तार हुँदा विस्थापित भएकालाई राहत, ऋण पुनरसंरचना सुविधा पाउने
महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापितले केही राहत पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन जारी गर्दै महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम तथा व्यवसायहरूमा प्रवाहित कर्जा पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको हो ।
