‘रेड जोन’मा रहेका एमालेका शीर्ष नेताहरु
प्रतिनिधिसभा सदस्यको निर्वाचन पश्चात अहिले धमाधम प्रारम्भिक मतपरिणाम आइरहेको छ । हालसम्म यस निर्वाचनको सबैभन्दा ठूलो क्षति नेकपा एमालेले ब्यहोर्ने देखिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका बालेन शाहभन्दा १० हजार मतले पछि परिसकेका छन् । महासचिव शंकर पोखरेल पनि रास्वपाका विपिन आचार्यसँग भारी मतान्तरले पछाडी छन् ।
