तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी, चुनाव अघि नै रविले भनेका थिए ‘बजेट लेख्न थाल्नुस्’
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ-१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी भएका छन्। वाग्ले ३८ हजार ४० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याए । डा. वाग्ले रास्वपाका उपसभापति हुन् । उनलाई भावी अर्थमन्त्रीको रुपमा हेरिएको छ।
