शेयरबजारमा ३८.५२ अंकको वृद्धि, चुनावअघि कन्फिडेन्ट देखिए लगानीकर्ता
फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन भन्दा अगाडिको अन्तिम शेयर कारोबारमा आज शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ३८.५२ अंकले बढेर २७१२.४९ को बिन्दुमा पुगेर रोकिएको छ । यसले चुनाव अघि लगानीकर्ता कन्फिडेन्ट देखिएको संकेत गरेको छ।
