याम्बलिङ्ग हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति
याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र आज फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
