आइजीआई प्रुण्डेशियल इन्स्योरेन्सको नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’ उद्घाटन
आइजीआई प्रुण्डेशियल इन्स्योरेन्सले आफ्नो नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’बाट सेवा सुरु गरेको छ । कम्पनीको संस्थागत सुदृढिकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यलाई मुर्तरुप दिने उदेश्य सहित निर्माण गरिएको यस अत्याधुनिक भवनको उद्घाटन गरिएको छ ।
