सुपर खुदी हाइड्रोको आईपीओ बाँडफाँड मिति तय
सुपर खुदी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले फागुन १७ गते आइतबार बिहान शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारणलाई १२ लाख ८६ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।
