गोली हान्ने आदेशबारे खुलासा गरिएको BBC को डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र
विश्व चर्चित मिडिया बीबीसीले आज सार्वजनिक गरेको जेन्जी प्रदर्शनबारेको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले पत्राचार गरेको छ । आयोगले प्रेस काउन्सिललाई पत्र लेखेर सो भिडियो हटाउनको लागि आवश्यक निर्णय गर्न भनेको हो। निर्वाचन आचारसंहिता विपरित हुने र निर्वाचनको माहोल भाडिन सक्ने भएकोले सो सामग्री हटाउनको लागि पत्र लेखिएको आयोगले जनाएको छ ।
