मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा आएको हुँ : ऋषि धमला
रौतहट क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका चर्चित सञ्चारकर्मी ऋषि धमलाले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनमा लागेको बताएका छन्। बिहीबार चन्द्रनिगाहपुरमा स्थानीय पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा धमलाले आफ्नो राजनीतिक यात्रा सत्ताका लागि नभई देश परिवर्तनका लागि भएको स्पष्ट पारे।
