SHARE
पर्दाफास · बिहीबार १४ फागुन २०८२ ०१:११ PM · 1 मिनेट पढाइ

धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

धनुषाको औरही गाउँपालिका वडा नं.६ मा एक जना पुरुषको शव फेला परेको छ । पुरुषको हात पछाडि बाँधिएको र धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ । धनुषा प्रहरीका अनुसार शव फेला परेको पुरुष हंसपुर नगरपालिका ९ रुदौलीका सुमित मण्डल रहेका छन् ।