निर्वाचनमा काँग्रेसको पक्षमा देशव्यापी जनलहर बनेको छ : प्रवक्ता चालिसे
नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी निर्वाचनमा काँग्रेसको पक्षमा देशव्यापी जनलहर सिर्जना भएको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका लोकप्रिय र कर्मठ उम्मेदवारहरूले मतदातासँग सघन अन्तरक्रिया गरिरहेको र अपेक्षित चुनावी परिणामको संकेत देखिन थालिसकेको बताए।
