नेपाल पर्यटन बोर्ड ऐन संशोधनको तयारी
सरकारले नेपाल पर्यटन बोर्ड ऐन संशोधनको तयारी अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ संशोधन गर्ने तयारी गरेको हो । मन्त्रालयले पर्यटन ऐन संशोधनका लागि विधेयकको मस्यौदा तयार पारिसकेको छ ।
