फेरि बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति ?
केही दिन अघि मात्रै बढेको अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार बढेको मूल्य सोमबारदेखि लागू भएको छ । नयाँ दरअनुसार एक्सएल अण्डा प्रतिक्रेट ४९५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४७५ रुपैयाँ र मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट ४४५ रुपैयाँ तोकिएको छ ।
